हार्ने निश्चित भएपछि ब्याक हटे सिटौला, राष्ट्रिय सभा अध्यक्षमा कांग्रेसले शर्मालाई उठाउने

नेपाली कांग्रेसले यही फागुन २९ गते हुने राष्ट्रिय सभा अध्यक्ष पदमा पार्टीका तर्फबाट युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा आज उनको निवास बूढानीलकण्ठमा बसेको कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा पार्टीका तर्फबाट शर्माको उम्मेदवारीको प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो ।

बैठकले शर्माको पक्षमा मतदान गर्न राष्ट्रिय सभामा रहेका अन्य राजनीतिक दल तथा सदस्यहरुसँग अनुरोध गर्ने निर्णय गरेको संसदीय दलका नेताको सचिवालयले जनाएको छ ।

यसअघि कांग्रेसले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई अध्यक्षको उम्मेदवार बनाउने तयारी गरेको थियो । गठबन्धन तोडेर माओवादी एमालेसँग मिलेपछि कांग्रेसले राष्ट्रिय सभा अध्यक्ष जित्ने सम्भावना न्यून छ । हार्ने निश्चित भएपछि सिटौला ब्याक हटाएर कांग्रेसले शर्मालाई उम्मेदवार बनाउन लागेको हो । 





  • प्रकाशित मिति : फागुन २७, २०८० आइतबार २०:२१:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया