अन्तरिक्षमा कसले कति फोहोर थुपार्योे ?

एजेन्सी– भारतले केही दिनअगाडि गरेको एन्टी–स्याटलाइट मिसाइल परीक्षणपछि अन्तरिक्षमा फोहोर बढेको भन्दै विश्वभर बहस सुरु भएको छ । अन्तरिक्षमा जम्मा भएका फाेहाेरका टुक्राले पछिल्ला दिनमा गरिने परीक्षणहरु प्रभावित हुने भन्दै नासाले सबैलाई सचेत रहन आग्रह गरेकाे छ । 

नासा प्रमुख जिम ब्रेडेन्सटाइनले भारतको एन्टी–स्याटलाइट मिसाइल परीक्षणले अन्तरिक्षमा थप फोहोरका टुक्रा बढाएको बताएका छन् । ४०० भन्दा बढीको संख्यामा रहेका यी टुक्राले इन्टरनेशनल स्पेस स्टेशनमाथि खतरा पैदा गरेको प्रतिक्रिया उनले दिएका थिए । 

नासा टाउनहलमा ब्रेडेन्सटाइनले यसबाट अन्तरिक्षमा रहेका टुक्रा धेरैजसो ठूला भएकाे जानकारी दिएका थिए । उनले यस्तो प्रकारको गतिविधिले पछिका अन्तरिक्ष मिसनका लागि ठिक नहुने बताएका थिए । 

भारतीय उपग्रह नष्ट गर्दा फैलिएका ६० टुक्रा पहिचान गरिसकिएको र २४ टुक्रा इन्टरनेशनल स्पेश स्टेशनभन्दा माथि रहेको बताएका थिए । ‘भारतको ए–सेट मिसाइलले जमिनबाट ३०० किलोमिटरको दुरीमा रहेको एक स्याटेलाइटलाई टारगेट गरेको थियो । जुन आइएसएसभन्दा धेरै तल थियो । तर नासा प्रमुखका अनुसार फोहोरका २४ टुक्रा आइएसएसभन्दा माथि पुगेका छन्, जुन बढी खतरनाक छ ।’ ब्रेडेन्सटाइनले भने ‘यस्तो गतिविधिले भविष्यमा हुने अन्तरिक्षको उडान प्रभावित हुन्छ, अन्तरिक्षको वातावरण उडान अनुकुल हुँदैन ।’

अब यस्तो स्वीकार्य नहुने र यसको प्रभावबारे नासाले स्पष्ट कुरा राख्न जरुरी रहेको ब्रेडेन्सटाइनको भनाइ थियो । नासा प्रमुखले भारतीय परीक्षणका कारण १० दिनमा आइएसएसमा ४४ प्रतिशत खतरा बढेको बताएका छन् । 

अन्तरिक्षमा कसले कति फोहोर थुपार्यो भनेर हेर्दा अमेरिका सबैभन्दा अगाडि देखिन्छ । अमेरिकाको परीक्षणका क्रममा ६ हजार भन्दा बढी यस्ता टुक्राहरु रहेका छन् । अमेरिकाले आफ्नै हिसाबले यी टुक्राको निगरानी गर्छ । 



चीनले २००७ मा एन्टी–स्याटेलाइट मिसाइलको परीक्षण गरेको थियो । ८०० किलोमिटरभन्दा बढी उचाईमा रहेको उपग्रहलाई खसालेको थियो । यस समयमा पनि धेरै टुक्राहरु अन्तरिक्षमा थुप्रिएका थिए । 

अन्तरिक्षमा १० सेन्टीमिटरभन्दा बढी फोहोरका टुक्रा ३० हजारको संख्यामा छन् । ठूलो राडरबाट अमेरिकाको सेन्ट्रल स्पेस कमान्डले यसको निगरानी गरिरहेको छ । 



१९५७ मा रुसले स्पुतनिक लन्च गरेको थियो । अहिलेसम्म ८ हजार कृत्रिम उपग्रह अन्तरिक्षमा पठाएको छ । यस समयमा पनि करिब २०० उपग्रह काम गरिरहेको छ । अन्तरिक्षमा ८०० कृत्रिम उपग्रह अमेरिकाको अरु चीन र रुसका रहेका छन् । 

भारतको कृत्रिम उपग्रहको संख्या ४८ रहेको छ । 

अन्तरिक्षको फोहोर के हुन्छ ? 

अन्तरिक्षमा जम्मा भएका टुक्राहरुकाे स्पेसमा कुनै प्रयोग हुँदैन् । नासाको अनुमानअनुसार अन्तरिक्षमा भएको फोहोरमध्ये प्रत्येक दिन एक टुक्रा पृथ्वीमा खस्छ र पृथ्वीमा खस्ने क्रममै जलेर नष्ट हुन्छ । 

धेरै टुक्राहरु पृथ्वीको जलीय क्षेत्रमा खस्छन् । पछिल्लो ५० वर्षभन्दा धेरै समय चलेको अन्तरिक्ष अभियानमा फोहोरका टुक्रा आज पनि धेरैको संख्यामा अन्तरिक्षमा छन् । 

कुनै समय चिनियाँ स्पेश स्टेशन थियांगोग पृथ्वीसँग ठोक्किने चर्चा थियो । तर यसले कुनै क्षती नपुर्याई समुद्रमा खस्यो । १९७९ मा ७५ टनभन्दा बढी तौल भएको नासा स्पेस सेन्टर स्काइल्याब पनि पानीमा खसेको थियो । 

यी टुक्राहरु अन्तरिक्ष यान, उपग्रह र स्पेस स्टेशनका लागि खतरापूर्ण रहेका छन् । पछिल्लो ६० वर्षको क्रममा विश्वभरका देशमा अन्तरिक्ष गतिविधि बढीरहेको छ, यसले अन्तरिक्षमा फोहोर बढाएको छ । 

जुलाई २०१६ मा अमेरिकी स्ट्रेटिजिक कमान्डको नजिक अन्तरिक्षमा करिब १८ हजार कृत्रिम वस्तु रहेको पत्ता लागेको थियो । यसमा सयौंको संख्यामा कृत्रिम उपग्रह थिए । यो संख्या अन्तरिक्षमा जम्मा भएको फोहोरको ठूलो परिमाण थियो । 

२०१३ मा भएको एक अध्ययनले अन्तरिक्षमा एकदेखि १० सेन्टिमिटरको आकारमा ६ लाख ७० हजारभन्दा बढीको संख्यामा त्यस्ता टुक्राहरु रहेकाे पत्ता लगाएकाे थियाे। 

अन्तरिक्षमा पठाउने उपग्रहमा ‘एन्ड अफ लाइफ’ का लागि धेरै इन्धन जम्मा हुन्छ, जसले रकेट, उपग्रहलाई डिअर्बिट गर्न सक्छ, यसले ग्रेवयार्ड अर्बिटमा राख्न सक्छ र यसबाट हुने क्षती कम गर्न सकिन्छ । 

भारतले अन्तरिक्षका फोहोर मल्टी अब्जेक्ट ट्रयाकिङ राडरबाट ट्रयाक गर्ने बताएको छ । अमेरिकाले पनि यस्तै राडरबाट अन्तरिक्षको फोहोर निगरानी गर्छ ।

अन्तरिक्षमा भएको फोहोर जम्मा गर्नका लागि प्रयास भइरहेको छ । यसमा नेट वा हार्पुन लगाएर कुनै पनि तरिकाले फोहोर खिचेर डिअर्बिट गर्ने र पृथ्वीमा ल्याएर जलाउने अभ्यास पनि भइरहेको छ । 
 

  • प्रकाशित मिति : चैत २१, २०७५ बिहीबार ९:२९:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया