नवनिर्मित एक्स्ट्राटेक ओभल मैदानसम्म पुग्ने सडकका लागि बजेट विनियोजन गर्छौँ : विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले रूपन्देहीको तिलोत्तमा नगरपालिकास्थित नवनिर्मित एक्स्ट्राटेक ओभल मैदानसम्म पुग्ने सडक निर्माणका लागि सरकारबाट बजेट विनियोजन गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् । 

सोमबार नवनिर्मित एक्स्ट्राटेक ओभल मैदानको उद्घाटनका अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै उनले मैदानबाट हाइवेसम्म कालोपत्रे सडक निर्माण गर्न तिलोत्तमा नगरपालिकासँग सहकार्य गरेर आफूले काम गर्ने बताए ।

उनले मैदानका लागि गुणस्तरीय ट्रान्सफर्मर बनाइदिने कुरामा पनि जनप्रतिनिधिहरू मिलेर सहयोग गर्ने प्रतिवद्धता जनाए । पौडेलले जनप्रतिनिधिको काम धेरै भाषण गर्ने भन्दा काम गरेर देखाउने रहेको बताए । 

‘सरकारको तर्फबाट लगानी गर्न मैले अग्रसरता लिनेछु र त्यो ट्रान्सफर्मरको प्रबन्ध गर्न ध्यान दिनेछौँ । रोड एक्सिस राम्रो हुनुपर्छ भन्ने उहाँको माग छ । यहाँबाट सहजै हाइवेमा दर्शक र खेलाडी जानुपर्छ भन्ने छ । फराकिलो बाटोको सन्दर्भमा तिलोत्तमा नगरपालिकाका प्रमुख र उपप्रमुखज्यूहरूसँग छलफल गरेर र सहकार्य गरी खेल मैदानसम्म आउनका लागि फराकिलो बाटो निर्माण गर्न राज्यको तर्फबाट बजेट विनियोजन गर्ने काममा लाग्नेछौँ,’ पौडेलले भने ।   

गत ३० जेठमा निर्माणको शिलान्यास भएको यो क्रिकेट मैदान आठ महिनापछि मैदानको निर्माण कार्य सम्पन्न भएको हो । मैदान बनाउन ४० करोड रुपैयाँभन्दा बढी खर्च भएको बताइएको छ । 



गुल्मीका विनोद कुँवरको निजी लगानीमा बनेको रंगशालाको उद्घाटन आज लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले गरेका हुन् । 



  • प्रकाशित मिति : फागुन २८, २०८० साेमबार १४:९:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया