पाकिस्तानमा आइपिएल प्रसारणमा प्रतिबन्ध

इस्लामाबाद–पाकिस्तानले भारतमा भइरहेको टि–२० क्रिकेट प्रतियोगिता (आइपिएल) को प्रसारणमा प्रतिबन्ध लगाएको छ ।

पाकिस्तानका सूचना मन्त्री फवाद चौधरीले प्रधानमन्त्री इमरान खानको अध्यक्षतामा मंगलबार भएको मन्त्रीमण्डलको बैठकमा यो निर्णय गरेको जानकारी दिए ।  इमरान खान पाकिस्तानको विश्वविजेता क्रिकेट टिमका कप्तानसमेत थिए । 

फवाद चौधरी भन्छन् ‘भारतले पाकिस्तानको क्रिकेटमा क्षती पुर्याउन संगठित प्रयास गरेको छ । भारतको घरेलु टुर्नामेन्टको प्रचारप्रसार गर्न स्वीकृति दिनुको कुनै अर्थ छैन् । अब पाकिस्तानको इलेक्ट्रोनिक मिडिया नियामक प्राधिकरणले आइपिएल देशभर प्रसारण हुन दिनेछैन् ।’ 

फवाद चौधरीका अनुसार पाकिस्तान सरकारले खेल र संस्कृतिमा राजनीतिकरण नहोस् भन्ने चाहन्छ । तर भारतले पाकिस्तानका खेलाडी र कलाकारप्रति आक्रामक रवैया अपनायो र हाम्रो क्रिकेटमा क्षती पुर्याउन पाकिस्तान सुपर लिगको आधिकारिक भारतीय प्रसारणकर्ता टुर्नामेन्टको चौथो सत्रबाट पछि हटेको थियो।

भारतीय कम्पनी आइएमजी रिलायन्ससँग पिएसएलको विश्वभर टेलिभिजन कभरेज गर्ने सम्झाैता पाकिस्तानले गरेकाे थियाे। तर जम्मु–काश्मिरको पुलवामा १४ फेबु्रअरीमा प्रहरी बलमाथि आक्रमण भएपछि उक्त रिलायन्सले यो सम्झौता तोडेको थियो । यसकारण पाकिस्तानले पिएसएलका लागि नयाँ प्रसारणकर्ता खोज्न परेको थियो । 





  • प्रकाशित मिति : चैत २१, २०७५ बिहीबार १०:१७:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया