कांग्रेसलाई कपोलकल्पित आरोप लगाएर गठबन्धन फेरियो : कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई कपोलकल्पित आरोप लगाएर गठबन्धन फेरेको बताएका छन् ।

विराटनगरमा आज गुराँस पुस्तकालयको ५४औँ वार्षिकोत्सव अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

कांग्रेसका अन्य नेताहरूले कोशी प्रदेशमा माओवादीलाई मुख्यमन्त्री दिने कुरा गरे पनि आफूले नै माओवादीलाई मुख्यमन्त्री नदिएको नेता कोइरालाले दाबी गरे । 

प्रधानमन्त्री दाहालले कोशीमा माओवादीको मुख्यमन्त्री हुनुपर्नेमा कांग्रेसले हुन नदिएको आरोप लगाएका थिए ।

राजनीतिमा नैतिकता र संस्कारको खडेरी पर्दै गएको भन्दै कोइरालाले अहिले सुदृढ लोकतन्त्रको अभावमा अनेक विकृति र विसंगति देखिएको बताए ।

अबका दिनमा कांग्रेसले प्रभावशाली प्रतिपक्षको भूमिका निर्वाह गर्ने उनले बताए ।



नेता कोइरालाले वर्तमान संविधानमा रहेको निर्वाचन प्रणालीसम्बन्धी व्यवस्थाका कारण यस्तै गठबन्धन बनिरहने र भत्किरहने नियति भोग्नुपर्ने टिप्पणीसमेत गरे । 

कार्यक्रमका अवसरमा विभिन्न व्यक्तित्वहरुलाई पुरस्कृत तथा सम्मानित गरिएको थियो ।
 



  • प्रकाशित मिति : फागुन २९, २०८० मंगलबार १९:४७:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया