रणबीर र आलियको सम्बन्धबारे पुजाले मुख खोलिन्

एजेन्सी— बलिउड अभिनेता रणबीर कपुर र आलिया भट्ट आजभोलि आफ्नो फिल्मभन्दा पनि कयौँ गुणा बढी आफ्नो व्यक्तिगत सम्बन्धका कारण चर्चामा छन् । केहीअघि भएको फिल्मफेयर अवार्डमा यी दुईले एक अर्कालाई गरेको व्यवहारले चर्चा निकै कमायो । त्यहाँ खिचिएको उनीहरुको भिडियो पनि भाइरल भयो । यसले उनीहरुको विवाह हुने कुरा पनि बाहिर ल्यायो । 

यहीबीच आलियाकी दिदी पुजा भट्टले हिन्दुस्तान टाइम्ससँग कुरा गर्दै रणबीर आलियाको सम्बन्धबारे खुलासा गरेकी छिन् । पुजाले आलियाले आफ्नो सम्बन्धबारे आफैं निर्णय लिने कुरालाई जोड दिएर बताइन् । आलिया खुसी भए आफूहरुलाई कुनै गुनासो नहुने भन्दै पुजाले आलियाको निकै धेरै प्रशंसा पनि गरिन् । पुजाले आलियाका फिल्मको पनि खुलेर प्रशंसा गरिन् । उनको अभिनय कौशल प्रत्येक दिन राम्रो हुँदै गएको र यसले बलिउडलाई पनि योगदान गरिरहेको पुजाको जोड थियो । 





  • प्रकाशित मिति : चैत २१, २०७५ बिहीबार १३:०:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया