देश सोचेको जस्तो सहज स्थितिमा छैन : कृष्णप्रसाद सिटौला

नेपाली कांग्रेसका राष्ट्रिय सभामा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले देश सोचेको जस्तो सहज स्थितिमा नरहेको बताएका छन् । बुधबारको राष्ट्रिय सभा बैठकमा उनले यस्तो बताएका हुन् । उनले देश सामान्य हिसाबले सोचेको जस्तो नरहेको बताए ।

उनले संसदीय दलका रुस युक्रेन युद्धमा फसेका नेपालीहरूलाई स्वदेश फर्काउने कुरामा सबै राजनीतिक दलहरू सत्तालाई छोडेर एक ठाउँमा उभिनुपर्ने बताए । नेता सिटौलाले सत्ता आफ्नो ठाउँमा छोडेर देशको हितका लागि काम गर्न आवश्यक रहेको बताए । उनले सधैँ आफूले भनेको नै हुन्छ भन्ने घमन्ड राख्नु नहुने बताए । 

उनले भने, ‘अहिले प्रधानमन्त्री विश्वासको मत लिँदै हुनुहुन्छ, हामी अध्यक्षज्यूलाई बधाई दिँदै छौँ । बडो संयोग जुटेको छ । एउटै पार्टीको एउटा नेता विश्वासको मत लिँदै हुनुहुन्छ र अर्को यता बधाई थाप्दै हुनुहुन्छ । एउटा संयोग परेको छ । म के आग्रह गर्न चाहन्छु भने तपाईँलाई पनि र प्रधानमन्त्रीज्यूलाई पनि देश तपाईँ हामीले सोचे जस्तो सजिलो ठाउँमा छैन । हामीले सोचेको जस्तो सजिलो तरिकाले हाम्रा विचारमा सधैँ लागू हुन्छन् भनेर अहङ्कार कसैले नगरे हुन्छ । मैले भनेपछि त्यही कुरा लागू हुन्छ भन्ने कुरा नसोचे हुन्छ । समय त्यति सजिलो छैन ।’

उनले श्रमीकका समस्या समग्र रूपमा समाधान गर्नुपर्ने बताए । उनले देशमा बेरोजगारीको अवस्था विकराल हुँदै गएको बताए ।  





  • प्रकाशित मिति : फागुन ३०, २०८० बुधबार १५:१८:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया