प्रधानमन्त्रीले प्रतिबद्धता पूरा नगरे सरकारबाट बाहिरिन्छौँ : एकीकृत समाजवादी
‘अध्यक्षले प्रधानमन्त्री पाउने विषयमा पार्टीलाई जानकारी छैन’

नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्रीले प्रतिबद्धता जनाएका कुरा पूरा नभए सरकारबाट बाहिरिने बताएका छन् । बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । 

आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग गरेका प्रतिबद्धता पूरा नभए आफ्नो पार्टी सरकारबाट बाहिरिने बताउँदै उनले प्रधानमन्त्रीले प्रतिबद्धता पूरा नगरेको खण्डमा असार ३१ गतेसम्म आफ्नो पार्टी सरकारबाट बाहिरिने बताए । आगामी आर्थिक वर्षको बजेटमा १६५ वटा निर्वाचन क्षेत्रलाई विचार गरेर बजेट ल्याउन उनले सुझाब दिए । 

‘मैले स्पटै भनेको छु, तपाईंले बोलेको कुराहरु पूरा गर्नुभएन भने असारको ३१ गते बिदा हुनुहुन्छ । तपाईं बिदा हुनुहुन्छ । भोट हाल्दैनौँ भनेको छु,’ उनले भने, ‘१६५ वटा निर्वाचन क्षेत्रलाई विचार गर्नुभएन भने बजेटमा भोट हालिँदैन, त्यहाँ भन्दा बढ्ता के भन्नु ? प्रधानमन्त्रीले प्रतिबद्धता पूरा नगरे बाहिर निस्किन्छौँ ।’

उनले आफ्नो पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पाउने विषयमा पार्टीमा जानकारी नभएको बताए । तीन शीर्ष नेता मात्रै बसेर गरेका यसअघिका निर्णय कार्यान्वयन नभएको स्मरण गराउँदै उनले साक्षी राखेर गरेको सहमति मात्रै भरपर्दो हुने बताए । 





  • प्रकाशित मिति : चैत १, २०८० बिहीबार २१:१२:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया