सुन तस्करीको छानबिनमा त्रुटि, पुनः छानबिन गराउने गृहमन्त्रीको तयारी
शुक्रबारै उच्चपदस्थ राजनीतिज्ञ, कर्मचारी र सुरक्षा निकायका व्यक्तिमाथि एक्सन लिने

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करीको छानबिन त्रुटि भएको भन्दै पुनः छानबिन गराउने बताएका छन् । बिहीबार सुन तस्करी छानबिन गर्न गठित आयोगले बुझाएको प्रतिवेदन अध्ययनपछि उनी यस्तो निष्कर्षमा पुगेका हुन् । 

सरकारले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले गृहमन्त्रीलाई बझाएको ४८५ पृष्ठ लामो प्रतिवेदन पढेसँगै गृहमन्त्री लामिछाने  प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । अध्ययनका क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बाट गम्भीर त्रुटि भएको देखिएपछि उनले पुनः छानबिनका लागि प्रधानमन्त्रीसँग परामर्श गरेका हुन् । 

अनुसन्धानका क्रममा गहिरो ढंगले अनुसन्धान गर्नुपर्नेलाई सहजै उन्मुक्ति दिएको, कतिपयलाई मुद्दा नै चलाउन नखोजेको समेत स्पष्ट देखिएकाले यसबारे प्रधानमन्त्रीलाई जानकारी गराएको उनले बताए । प्रधानमन्त्रीले आफूलाई जाँचबुझ आयोगको प्रतिवेदन अनुसार निर्धक्क अघि बढ्न भनेको उनको भनाइ छ । 

बालुवाटारबाट फर्केलगत्तै प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई बोलाएर छलफल गरेका छन् । बिहीबारै उनले गृहसचिव एकनारायण अर्याललगायतलाई पनि आवश्यक तयारी गर्न निर्देशन दिएका छन् ।

गृह मन्त्रालय स्रोतका गृहमन्त्रीले शुक्रबार नै उच्चपदस्थ राजनीतिक व्यक्ति, कर्मचारी र सुरक्षा निकायको माथिल्लो तहमा रहेका व्यक्तिमाथि एक्सन लिने तयारी गरेका छन् । 





  • प्रकाशित मिति : चैत १, २०८० बिहीबार २१:५२:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया