फुट्यो बाबुरामको पार्टी, महिन्द्र राय समूहले प्रचण्डसँग एकता गर्ने

डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) फुटेको छ । उक्त पार्टीका अध्यक्ष महिन्द्र राय यादव समूहले पार्टी फुटाएर पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रसँग एकता गर्ने चार बुँदे सहमति गरेको हो । आज माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबिचमा पार्टी एकता गर्ने चार बुँदे सहमति भएको हो  । 

माओवादी केन्द्रका तर्फबाट प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवबीचच पार्टी एकता गर्ने चार बुँदे सहमति भएको छ । 

सहमति पत्रमा माओवादीका तर्फबाट महासचिव देवप्रसाद गुरुङ र समाजवादीबाट पनि महासचिव रमेशप्रसाद यादवले हस्ताक्षर गरेका छन् । डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी विभाजित बनेपछि यादवको समूह माओवादी केन्द्रसँग समाहित भएको हो । 

सहमतिमा एकीकृत पार्टीको नयाँ नाम आगामी महाधिवेशनमा टुङ्गो लगाउने निर्णय सँगै पार्टी एकताका लागि वैचारिक एकरूपता र सङ्गठनात्मक तयारी गर्न कार्यदल गठन गरिएको छ । 

यी हुन् दुई पार्टीका बीचमा भएको पार्टी एकता गर्ने चार बुँदे सहमति  





  • प्रकाशित मिति : चैत ३, २०८० शनिबार १०:३५:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया