यादव पक्ष माओवादीमा मिसिन लागेपछि नेसपाले बोलायो कार्यकारिणी बैठक

नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव पक्ष नेताहरुले पार्टी विभाजन गरेर माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेपछि अर्का अध्यक्ष डा. बाबुराम भट्टराई पक्षधरले केन्द्रीय कार्यकारिणी बैठक डाकेको छ ।यादव पक्षका नेताहरुले माओवादीसँग एकताको लागि आज मात्रै चार बुँदे सहमति गरेको छ ।

सोही विषयमा छलफल गर्नका लागि भोलि कार्यकारिणी र पर्सि केन्द्रीय समितिको बैठक बोलाइएको केन्द्रीय कार्यालय प्रमुख रोशन पोखरेलले जनाएका छन् । बैठकले पार्टी छाडेर जानेहरुविरुद्ध कारवाहीको निर्णय लिने पोखरेलले बताए । 

नेसपाका संघीय तथा प्रदेश सांसदहरू माओवादीको चिह्न लिएर निर्वाचन लडेका थिए । उनीहरुले अहिले माओवादीको परिचयपत्र बोके पनि उनीहरु नेपाल समाजवादी पार्टीको सांसद भएको दाबी सहिद आफूहरू अदालती प्रक्रियामा अघि बढेको उनले बताए । 

यादव पक्षले सिंगो नेकपा नै माओवादीसँग पार्टी एकता गर्न लागेको दाबी गर्दै आफूहरुसँग बहुमत रहेको बताउँदै आइरहेको छ। भट्टराई पक्षले भने पार्टी विभाजनमा यादवलाई १० प्रतिशत केन्द्रीय सदस्यको साथ नहुने दाबी गरेको छ । 





  • प्रकाशित मिति : चैत ३, २०८० शनिबार १९:३९:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया