नेसपा कार्यकारिणी बैठक : माओवादी केन्द्रसँग एकता गर्ने सहमति खारेज

नेपाल समाजवादी पार्टी (नेसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठकले नेकपा (माओवादी केन्द्र)सँग एकता गर्ने सहमति खारेज गरेको छ। बाबुराम भट्टराईको अध्यक्षतामा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले माओवादीसँग एकता गर्ने सहमति खारेज गरेको हाे । 

दुईतिहाई केन्द्रीय सदस्यहरूको बैठकले माओवादीसँगको एकता गर्ने सहमति खारेज गरेको हाे । बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै केन्द्रीय कार्यकारिणी समिति सदस्य कृष्ण शर्माले साे जानकारी गराएका हुन् । आइतबारको बैठकले सहमतिलाई खारेज गरेको छ भने थप निर्णय गर्न सोमबार बैठक बस्ने भएको छ। सोमबारको बैठकमा सहभागी नहुने केन्द्रीय सदस्यलाई पदमुक्त गरिने शर्माले बताए।

नेसपाका अर्का अध्यक्ष महिन्द्र राय यादव पक्षले शनिबार माओवादीसँग पार्टी एकता गर्ने सहमति गर्दै चारबुँदे सहमति गरेको थियो। प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालसहित दुवै पक्षका नेताहरूको बैठकले एकताका लागि सहमति गरेपछि अध्यक्ष भट्टराई पक्षले सहमति खारेज गरेको हाे ।

नेसपाका केन्द्रीय कार्यकारिणी समितिमा अहिले ३० जना छन्। आजकाे बैठकमा २० जना केन्द्रीय सदस्य सहभागी थिए । आजको बैठकमा भने अर्का अध्यक्ष यादव पक्षका केन्द्रीय सदस्य सहभागी भएनन्।





  • प्रकाशित मिति : चैत ४, २०८० आइतबार १६:३४:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया