दीपक मनाङेले मागे स्वतन्त्र सांसदको हैसियत, गण्डकी प्रदेशमा निर्णायक बन्ने दाउ

मनाङबाट गण्डकी प्रदेश सभा सदस्य दीपक मनाङेले स्वतन्त्र सांसदको हैसियत माग गरेका छन् । स्वतन्त्र उम्मेदवार बनेर सर्वसम्मत बनेका मनाङे एक वर्षअघि मात्रै नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका थिए।

सत्ता राजनीतिका कारण केन्द्रमा राजनीतिक समीकरण फेरिएसँगै गण्डकीमा कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेको छ। 
मनाङेले पुनः स्वतन्त्र सांसदको हैसियत माग गरेसँगै गण्डकीको राजनीति नयाँ मोडमा जाने देखिएको छ । 

गण्डकीमा २७ सिट रहेको कांग्रेसका लागि बहुमत जुटाउन थप चार मत आवश्यक पर्छ । कांग्रेसलाई राप्रपाले सहयोग गरेमा २९ सांसद पुग्छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफ्नो सरकार जोगाउन राप्रपासँगै मनाङे र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाको सहयोग लिने प्रयत्न जारी राखेका छन् । राप्रपा, मनाङे र देवकोटाको समर्था पाएमा कांग्रेस नेतृत्वको सरकार जोगिन्छ ।  

यता, नेसपाका देवकोटाले सहयोग नगर्दा एमाले र माओवादी गठबन्धनमा २८ मत मात्रै पुग्छ। एमालेको २२ र माओवादी केन्द्रको सभामुखसहित सात सदस्य छन् । सभामुखले निर्वाचनमा भाग लिन नपाउँदा राप्रपाले सहयोग गरे पनि एमाले–माओवादीलाई एक सिट कम हुन्छ । त्यसमा मनाङे मिसिए भने उनी सत्ता गठबन्धनको निर्णयक शक्ति हुनेछन् । 

मनाङबाट स्वतन्त्र रूपमा चुनाव जितेको भन्दै उनले पार्टी परित्याग गरी स्वतन्त्र सांसदको हैसियत मागेका छन् । निर्वाचन आयोगले मनाङेलाई स्वतन्त्र सांसदको हैसियत दिएको छ । 

सांसद निर्वाचित भएपछि नेकपा एकीकृत समाजवादी पार्टीको सदस्यता लिएका मनाङेको पछिल्लो मागबारे निर्वाचन आयोगले जे निर्णय दिन्छ त्यसले गण्डकी प्रदेशमा निर्णायक भूमिका खेल्ने निश्चित छ । 





  • प्रकाशित मिति : चैत ४, २०८० आइतबार २२:४:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया