सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् । जिल्ला अदालत काठमाडौंले महराको उपचारको व्यवस्था गर्न आदेश दिएसँगै उनलाई नर्भिकमा भर्ना गरिएको हो।
उनलाई न्यायाधीश दुर्गाप्रसाद खनालले संगठित निवारण ऐन २०७० को दफा ३ र ४ बमोजिम मतियारको कसुरदार रहेको प्रहरी प्रतिवेदनका आधारमा सोमबारदेखि लागू हुने गरी ४ दिन हिरासतमा राख्न अनुमति दिएका थिए।
इजलासमा महराले आफू टिबी, युरिक एसिड र प्रोस्टेटको बिरामी रहेको बताएपछि अदालतले अनुसन्धानको जिम्मेवारी लिँदै सिआइबीलाई उपचार व्यवस्था गर्न निर्देशन दिएको थियो।
आदेशका क्रममा न्यायाधीश खनालले महराको उपचारको बन्दोबस्त मिलाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई निर्देशन दिएका थिए।
महराले पहिले पनि नर्भिकमै उपचार गर्दै आएकाले उनलाई त्यहीँ भर्ना गरिएको सिआइबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले जानकारी दिए ।
महरालाई सिआइबीको टोलीले सोमबार कपिलवस्तुबाट पक्राउ गरेको थियो।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।