अमेरिका र चीनलाई पछाडि पार्दै दक्षिण कोरिया ५ जी लन्च गर्ने पहिलो देश बन्यो

सियाेल– दक्षिण कोरियाले ५ जी मोबाइल नेटवर्क सुरु गरेको छ । स्थानीय समयअनुसार बुधबार राती ११ बजे सियोलमा ५ जी सेवा लन्च गरेसँगै दक्षिण कोरिया ५ जी सेवा लन्च गर्ने विश्वकै पहिलो देश बनेको छ । 

यसको लन्चिङका लागि ५ अप्रिल तय गरिएको थियो तर अमेरिकी कम्पनीलाई पछि पार्न दुई दिन अगाडि नै सेवा सुरु गरियो । ४ जीको तुलनामा ५ जी २० गुणा छिटो चल्न सक्छ । 

दक्षिण कोरियाका ३ वटा टेलिकम कम्पनी एसके, केटी र एली युप्लसले यसलाई राष्ट्रव्यापी बनाउने योजना सुरु गरेका छन् । ५ जी सर्भिस पहिलो पटक दक्षिण कोरियाका ६ सेलिब्रेटी फोनमा एक्टिभ गरिएको थियो । 

५ जीको सर्भिसले देशका स्मार्ट सिटी र ड्राइभरलेस कारजस्ता क्षेत्रको विकासमा सहयोग पुग्ने र अर्थतन्त्र मजबुत हुने विश्वास दक्षिण कोरियाको छ । 

५ जी सेवा सबैभन्दा पहिला सुरु गर्न दक्षिण कोरिया, चीन र अमेरिका रेसमा थिए । अमेरिकाको टेलिकम कम्पनी भेराइजनले ११ अप्रिलमा दुई शहरमा ५ जी सर्भिस सुरु गर्नेछ । चीनमा पनि यसको ट्रायल भइरहेको छ । 





  • प्रकाशित मिति : चैत २२, २०७५ शुक्रबार ९:४४:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया