नेप्से परिसूचकमा छ दशमलव २४ अंकको गिरावट

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक छ दशमलव २४ अंकले घटेर दुई हजार ६७ दशमलव २९ को अंकमा कायम भएको हो ।

आज तीन सय सात कम्पनीक ९४ लाख ७८ हजार नौ सय ३३ कित्ता सेयर ६३ हजार आठ सय एक पटक खरिदबिक्री हुँदा तीन अर्ब ६३ करोड ३९ लाख ३६ हजार पाँच सय ५४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

वित्त समूह दुई दशमलव १०, जीवन बिमा समूह शून्य दशमलव ०६ र लघुवित्त समूह दुई दशमलव ०३ अंकले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । आज सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह एक दशमलव ३८ र व्यापार समूह एक दशमलव ३१ प्रतिशतले घटेको छ ।

बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड र सर्वोत्तम सिमेन्ट लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी, धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड नौ दशमलव ९९ र इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य नौ दशमलव ४५ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ सात दशमलव ०८ र पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको छ दशमलव ९१ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको २५ करोड ९७ लाख २२ हजार तीन सय ६७ बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर संख्याका आधारमा भने लक्ष्मी इक्विटी फन्डको छ लाख ९९ हजार छ सय ४२ कित्ता सेयर किनबेच भएको छ ।





  • प्रकाशित मिति : चैत ६, २०८० मंगलबार १५:४४:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया