नेसपा यादव पक्षले बाबुराम पक्षको निर्णय नमान्ने, माओवादीसँग पार्टी एकता गर्ने

नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव पक्षको केन्द्रीय समितिको बैठकले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने पार्टी एकता संयोजन समितिको निर्णयलाई अनुमोदन गरेको छ ।

मंगलबार काठमाडौंमा बसेको अध्यक्ष यादव पक्षको केन्द्रीय समिति बैठकले गत शनिबार बसेको नेकपा (माओवादी केन्द्र) र नेसपाको पार्टी एकता संयोजन समितिको बैठकले गरेको पार्टी एकता गर्ने निर्णयलाई अनुमोदन गरेको हो । 

त्यस्तै, अर्का अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पक्षका नेताहरुलाई पदमुक्त गर्ने गरेको निर्णयलाई अमान्य घोषणा गरेको सहअध्यक्ष गंगानारायण श्रेष्ठले जानकारी दिए । आफूहरुलाई कसैले पदमुक्त गर्दा पदमुक्त हुने र नगर्दा पदमुक्त नहुने अवस्था नरहेको उनले बताए । 

बैठकले सबै प्रदेशहरुमा इन्चार्ज र सहईन्चार्ज पनि तोकेको छ । जसअनुसार कोशी प्रदेश इन्चार्जको जिम्मेवारी राजेन्द्रकुमार किराँती र अध्यक्षको जिम्मेवारी विमला अर्याललाई दिइएको छ । 

मधेस प्रदेश इन्चार्जमा देवेन्द्र यादव र अध्यक्षमा प्रमोद यादव, वागमती प्रदेश इन्चार्जमा अक्कलबहादुर थिङ र अध्यक्षमा बन्दना सुवेदीलाई जिम्मेवारी दिइएको छ । 

त्यसैगरी, गण्डकी प्रदेश इन्चार्ज रमेश पोखरेल र गण्डकी प्रदेश अध्यक्ष ढाकाराम गौतमलाई बनाइएको छ । लुम्बिनी प्रदेशको इन्चार्ज तोक्न बाँकी राखिएको छ भने अध्यक्ष उमाशंकर यादवलाई बनाइएको छ । 



सहअध्यक्ष श्रेष्ठका अनुसार कर्णाली प्रदेशमा अध्यक्ष तोकिएको छैन भने इन्चार्जको जिम्मेवारी देवीबहादुर बुढाथोकीलाई दिइएको छ । सुदूरपश्चिम प्रदेश इन्चार्ज मीनराज बडू र अध्यक्ष विनोद चन्द, गैरभौगोलिक प्रदेश इन्चार्ज ज्ञानेन्द्र कुमाल र अध्यक्ष राधा थापा तथा प्रवाश प्रदेश इन्चार्जको जिम्मेवारी नहेन्द्र प्रधानलाई दिइएको छ ।

उनले माओवादी केन्द्रसँग एकता गर्नका लागि बनेको कार्यदलले गृहकार्य गरिरहेको भन्दै गृहकार्य पूरा भइसकेपछि एकता संयोजन समितिमा प्रतिवेदन बुझाउने र पार्टी एकताको मिति तय हुने बताए । 



  • प्रकाशित मिति : चैत ६, २०८० मंगलबार २१:३४:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया