सालिन पोखरेल मृत्यु प्रकरणमा पक्राउ परेका तीनैजना धरौटीमा रिहा

चितवनको रत्नगर नगरपालिका–१० स्थित शिशु निकेतनकी छात्रा सालिन पोखरेल मृत्यु प्रकरणमा पक्राउ परेका प्रधानाध्यापकसहित तीनैजना धरौटीमा रिहा भएका छन् । चितवन जिल्ला अदालतका न्यायाधीश रमेशप्रसाद ज्ञवालीको इजलासले धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

सालिनको मृत्युपछि पक्राउ परेका प्रधानाध्यापक बालहरि देवकोटा सहप्रधानाध्यापक किरणबहादुर अधिकारी र होस्टल वार्डेन कमलप्रसाद शर्मा धरौटीमा रिहा भएका हुन् । अदालतले प्रधानाध्यापक देवकोटालाई तीन लाख र सहप्रधानाध्यापक र होस्टल वार्डेनलाई ५–५ लाख रुपैयाँ धरौटीमा रिहा गरेको हो । 

अदालतले आदेश दिएसँगै उनीहरू धरौटी बुझाएर रिहा भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । 

गत फागुन १२ मा सालिन छात्रावासमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । सालिनका बाबुले प्रहरीमा दिएको जाहेरीका आधारमा प्रहरीले तीनजनालाई पक्राउ गरेको थियो ।

प्रहरीले अनुसन्धान पोस्टमार्टम रिपोर्ट, भिसेरा परीक्षण लगायतबाट सालिनको हत्या नभई आत्महत्या भएको पुष्टि भएको जनाएको छ । 





  • प्रकाशित मिति : चैत ६, २०८० मंगलबार २१:२३:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया