२२ सहसचिव–उपसचिवको सरुवा, ११ जिल्लाका प्रजिअ फेरिए (को-कहाँ ?)

सरकारले २२ जना सहसचिव र उपसचिवको सरुवा गरेको छ । गृह मन्त्रालयले मंगलबार ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित २२ जनाको सरुवा गरेको हो । 

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निष्पक्ष रुपमा सरुवासम्बन्धी निर्णय गरेको गृह मन्त्रालयले दाबी गरेको छ । हालै गृहमा सरुवा भएका सहसचिवहरुलाई विभिन्न जिल्लामा सिडिओका रुपमा खटाइएको छ ।

धनुषामा रामुराज कडरिया, खोटाङमा शिवकुमार कार्की, दार्चुलामा यज्ञराज जोशी, तेह्रथुममा मिना अर्याल र ताप्लेजुङमा रविन्द्र आचार्यलाई सिडिओमा खटाइएको छ। 

त्यस्तै, संखुवासभामा सहसचिव धुव्रबहादुर खड्का, अर्घाखाँचीमा सूर्यबहादुर खत्री, लमजुङमा बुद्ध बहादुर गुरुङ र ओखलढुंगामा नारायण ढकाललाई पठाइएको छ । रोल्पामा खिमबहादुर रायमाझी, जाजरकोटामा ऋषिराज आचार्य सिडिओ भएका छन् । 

त्यस्तै, अध्यागमन विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव कोषहरि निरौलालाई दिइएको छ भने नरबहादुर थापालाई विमानस्थल अध्यागमनको प्रमुख बनाइएको छ । सरुवाअघि कार्यविधि संशोधन गरिएको छ ।





  • प्रकाशित मिति : चैत ६, २०८० मंगलबार २२:५६:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया