सन् २०२३ हालसम्मकै तातो वर्ष, पृथ्वी संकटको सँघारमा रहेको राष्ट्रसंघको चेतावनी

पृथ्वीको तापक्रम गत वर्षको भन्दा बढेसँगै संयुक्त राष्ट्रसंघले सन् २०२४ मा तापक्रम थप वृद्धि हुने चेतावनी दिएको छ ।

राष्ट्रसंघको विश्व मौसम विज्ञान संगठन (डब्ल्युएमओ)को प्रारम्भिक प्रतिवेदनले सन् २०२३ हाल सम्मकै तातो वर्ष रहेको पुष्टि गरेको छ । गत वर्ष नजिकको सतहको औसत तापक्रम पूर्वऔद्योगिक स्तरभन्दा एक दशमलव ४५ डिग्री सेल्सियस बढी रहेको डब्ल्युएमओले बताएको छ । 

यो एक दशमलव पाँच डिग्री सेल्सियसको सीमा नजिक हो । सन् २०१५ को पेरिस जलवायु सम्मेलनमा मुलुकहरू एक दशमलव पाँच डिग्री सेल्सियसको सीमाबाट बच्न सहमत भएका थिए । 

‘सन् २०२४ ले सन् २०२३ को रेकर्ड तोड्ने उच्च सम्भावना छ,’ डब्ल्युएमओका जलवायु अनुगमन प्रमुख ओमान बद्दुरले भने । 

प्रतिवेदनको प्रतिक्रिया दिँदै राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पृथ्वी संकटमा रहेको संकेत गरे । ‘पृथ्वी संकटमा छ, जीवाश्म इन्धन प्रदूषणले जलवायु अराजतकता निम्त्याउँदै छ, जसले गर्दा द्रुत गतिमा परिवर्तन भइरहेको छ,’ एक भिडियोमार्फत महासचिव चेतावनी दिए । 





  • प्रकाशित मिति : चैत ६, २०८० मंगलबार २३:११:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया