कांग्रेसको माग- गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाइयोस्

नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउन माग गरेको छ ।  बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुखसँग समय माग्दै कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेले छानबिन समिति बनाउन माग गर्दै नभए सदन चल्न नदिने चेतावनी दिएकी हुन् । 

उनले भनिन्,‘हामी अवरोध गर्न चाहँदैनौँ । छानबिन समितिको मागसँग किन डराउनुपर्‍यो उहाँलाई ? हिजो बालकुमारी घटनाको छानबिनका लागि यहीँ उफ्री उफ्री कराउनुभएको थियो त । आज उनको विषयमा समिति गठन गर्नुपर्‍यो भन्दा समिति नै गठन गर्न नहुने उहाँ स्वर्गबाट आएको हो ? हामी सबै यहाँ जन्मिएको, उहाँ मात्र त्यसरी निस्कनुभएको हो ? किन डराउनुपर्‍यो ।’

उनले सहकारी ठगी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेको राय नै नमिलेको भन्दै आपत्ति जनाइन् । प्रतिपक्षले पटक–पटक उठाएको विषयमा प्रधानमन्त्री र गृहमन्त्रीको भनाइ नै बाझिएको बताएकी हुन् । 





  • प्रकाशित मिति : चैत ७, २०८० बुधबार १३:३९:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया