सांसदका सुझाव कार्यान्वयन गर्न सरकारलाई राष्ट्रिय सभा अध्यक्षको निर्देशन

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सांसदहरूले दिएका सुझावहरूलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएका छन् । बुधबारको राष्ट्रिय सभा बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् । 

राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८० मा समावेश भएका सुझावहरूलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्न निर्देशन दिए । उनले राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८० माथिको छलफलमा सांसदहरूले उठाएका प्रश्न र वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीको जवाफपछि यस्तो निर्देशन दिएका थिए । 

प्रतिवेदनका सम्बन्धमा सदस्यहरूले छलफलमा उठाएका विषयहरू र सो सम्बन्धमा मन्त्रीले जवाफका सिलसिलामा व्यक्त गर्नुभएका विचारलाई प्राथमिकतामा राखेर कार्यान्वयनमा जानुपर्ने बताए । 

उनले भने, ‘मान्य सदस्यहरू, प्रतिवेदनका सम्बन्धमा मान्य सदस्यहरूले छलफलमा उठाएका विषयहरू र सो सम्बन्धमा माननीय मन्त्रीले जवाफका सिलसिलामा व्यक्त गर्नुभएका विचार समेतका आधारमा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८० मा समावेश भएका सुझावहरूलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्न नेपाल सरकारलाई निर्देशन गर्दछु ।’

बुधबारको राष्ट्रिय सभाको बैठकमा प्रतिवेदनबारे छलफल भएको हो ।  





  • प्रकाशित मिति : चैत ७, २०८० बुधबार १३:५२:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया