अमरेशकुमार सिंहलाई बुझेन चित्त, भन्छन्- बजेटलाई ‘बाहुबली’ विनियोजन विधेयक राखे हुन्छ

सांसद डा. अमरेशकुमार सिंहले आगामी वर्षको बजेटलाई ‘बाहुबली’ विनियोजन विधेयक राख्न ब्याङ्ग्यात्मक् सुझाव दिएका छन् । 

बुधबार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको सम्बन्धमा छलफलमा भाग लिँदै सांसद सिंहले यस्तो सुझाव दिए ।

उनले सरकारले आगामी वर्षको बजेटलाई बहुबली बजेटका रुपमा प्रस्तुत गरे हुने टिप्पणी गरे । उनले ठूला नेताहरुको क्षेत्रमा धेरै बजेट राखेर बजेट आउने गरेकाले बहुबली विनियोजन विधेयक राख्दा हुने बताए । 

उनले भने,‘आगामी वर्षको बजेटमा बहुबली बजेट राख्न छुटाएको छ । बाहुबली विनियोजन विधेयक राख्नुपर्छ । बहुबली नेताहरु छन् । उनीहरुको क्षेत्रमा २ अर्ब ४ अर्ब बजेट जान्छ । त्यसले देश विकास हुन सकेन ।’ 

उनले ठूला नेताको क्षेत्र केन्द्रित २ देखि ४ अर्ब रुपैयाँको बजेट छुट्याएर बजेट आउने गरेकाले मुलुकको विकास हुन नसकको बताए । उनले अब सबै नेताहरूले अब देश बिग्रन नदिने अठोट गर्न आवश्यक रहेको बताए । उनले सरकारले बजेट ठूला नेता भएको आधारमा भन्दा पनि आवश्यकताका आधारमा विनियोजन हुन आवश्यक रहेको उल्लेख गरे । 

उनले परियोजना बैंकको आधारमा बजेट विनियोजनमा जोड दिनुपर्ने बताए । उनले  मुलुक अहिलेसम्म पछाडि पर्नुको कारण उचित ठाउँमा लगानी नहुनु रहेको दाबी गरे । सांसद सिंहले लगानीको प्रतिफल आउन नसकेको बताए ।  





  • प्रकाशित मिति : चैत ७, २०८० बुधबार १४:४३:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया