अर्थमन्त्रीलाई सांसद ज्वालाको सुझाव- बजेट निर्माणमा सांसदको भरोसा गर्नुस्
फाइल तस्बिर

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले आगामी आर्थिक वर्षको बजेट निर्माणमा सांसदको भरोसा गर्न अर्थमन्त्री वर्षमान पुनलाई आग्रह गरेका छन् । 

सांसद ज्वालाले विज्ञ भने पनि, सल्लाहकार भने पनि, अनुभवी व्यक्ति भने पनि जनतासँग जोडिएको व्यक्ति सांसदहरू भएकाले उनीहरूलाई भरोसा गरेर सरकारले बजेट ल्याउनुपर्ने बताएका हुन् । 

बुधबार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले योजना निर्माणमा पनि सांसदहरूको सुझावलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए । 

सांसद ज्वालाले सरकारले मुलुकको अर्थतन्त्रलाई माथि उठाउने र समृद्धिको चाहनालाई तीव्रता दिने गरी बजेट ल्याउने अपेक्षा समेत गरे । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ बजेट परम्परा तोड्ने खालको हुने भन्दै आउनुभएको उल्लेख गर्दै सोही अनुसार आउनेमा आफूहरू आशावादी रहेको पनि बताए । 

सांसद ज्वालाले बजेट पारदर्शी ढंगले ल्याउन पनि सरकारलाई सचेत गराए । 





  • प्रकाशित मिति : चैत ७, २०८० बुधबार १५:२४:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया