ओलीको टिप्पणी- मोहनविक्रम सिंह पतन भए

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह पतन भएको टिप्पणी गरेका छन् । कांग्रेस सरकारबाट हटेपछि श्रीमती दुर्गा पौडेललाई राष्ट्रिय सभाको सांसद बनाउन नसकिने भएपछि पुराना कम्युनिस्ट नेता सिंह अहिले छाती पिटेर रोइरहेको ओलीको भनाई थियो । 

पार्टीको काठमाडौं जिल्ला कमिटीले बुधवार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले श्रीमती पौडेलले पद नपाउने देखेपछि रोइ कराई गर्न लागेका सिंह के का लागि जीवनभर कम्युनिस्ट भएका रहेछन् भन्ने कुरा पनि पर्दाफास भएको दाबी गरे । उनले सिंह निराश र हतोत्साहित भएपछि के टिप्न पाइन्छ भनेर कांग्रेसको पछि लागेको आरोप लगाए । 

ओलीले भने, ‘मुख्य कुरा हाम्रो काम । सक्रियता र सफलता । सफल बनायौँ भने सबै चिज आउँछ । सफल बनाउन सकेनौ भने र, असफल हुँदै गयो भने मान्छे फ्रष्टेडेड हुन्छ । एक जना आफूलाई कम्युनिस्ट भन्ने पुराना नेता छन् । तपाईँहरूले पनि चिन्नुहुन्छ होला । मोहन विक्रम सिंह नाम हो उहाँको । अहिले काँग्रेस सरकारबाट बाहिर रह्यो भनेर छाती पिटिपिटी रोएर उधुम छ बुढाको । काँग्रेस बाहिर रह्यो सरकारबाट । काँग्रेस आएको भए मेरो श्रीमतीलाई राष्ट्रिय सभामा मनोनीत गरेर पठाउथ्योहोला सम्झिन्छन् । फेरी ग्वाँग्वाँ रुन्छन् । छाती पिट्छन् । त्यसरी पतन हुँदो रहेछ मान्छे । कम्युनिस्ट भनेर जिन्दगी भर ढाँटयोढाँटयो । बुढेसकालमा गएर के का लागि मरिमेटेको रहेछ भन्ने कुरा पर्दाफास भयो । यस्तो हुँदो रहेछ निराश भएपछि, हतोत्साहित भएपछि । अब केही पनि भविष्य छैन भनेपछि मान्छे कहाँबाट के टिप्न पाइन्छ, त्यत्ति भए पनि टिपौँ भन्नेमा पुग्छ । नेकपा एमाले त्यस्तो यताबाट यत्ति टिपौँ भन्ने अवसरवादी होइन ।’

अध्यक्ष ओलीले सिंहको उदाहरण दिँदै पार्टी काममा सफलता हासिल नगरे निराश हुनेतर्फ पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।  





  • प्रकाशित मिति : चैत ७, २०८० बुधबार १६:०:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया