अहिले न्यायालयमा महिला न्यायाधीश आउनका लागि आशालाग्दो वातावरण छ : पूर्वप्रधानन्यायाधीश कार्की

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले महिला न्यायाधीशले न्यायको क्षेत्रमा उचित निर्णय लिनसक्ने विश्वास रहेको बताएकी छन् । शुक्रबारबाट ललितपुरमा सुरु भएको महिला न्यायाधीशहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले महिला न्यायाधीश न्यायालयमा आउनका लागि अहिले आशातीत वातावरण रहेको बताएकी हुन् ।

उनले न्यायालयमा संविधानले भनेअनुसारको महिलाको प्रतिनिधित्व हुन आवश्यक रहेको बताइन् । पूर्वप्रधानन्यायाधीश कार्कीले सम्मेलन नेपालमा महिला न्यायाधीशको वृद्धिविकासका लागि ठूलो आयाम बन्ने विश्वास व्यक्त गरिन् ।

उनले आगामी दिनमा महिला न्यायाधीशले न्यायको क्षेत्रमा झनै उल्लेख्य अवसर पाउने र कार्य सम्पादन पनि राम्रो हुनेमा विश्वस्त रहेको बताइन् ।  आजबाट सुरु भएको महिला न्यायाधीशको प्रथम राष्ट्रिय सम्मेलन दुई दिनसम्म चल्नेछ ।  





  • प्रकाशित मिति : चैत ९, २०८० शुक्रबार १२:१७:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया