चुनावी मैदानमा राहुल गान्धीविरुद्ध राहुल गान्धी

एजेन्सी— भारतमा लोकसभा निर्वाचनको माहोलले छोपिसकेको छ । विभिन्न ठाउँमा उम्मेदवारी दर्ता पनि भइसकेको छ । उम्मेदवारी दर्ताकै विषयमा एउटा रोचक समाचार आजको इन्डियन एक्सप्रेसले छापेको छ । 

यो समाचार हो, भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीको निर्वाचन क्षेत्रको । गान्धीले ४ अप्रिलमा केरलको वायनाडबाट आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । तर, उनीसँग त्यहाँ प्रतिस्पर्धा गर्ने भएका छन् अर्का राहुल गान्धीले । उनीविरुद्ध अरु दुई जना राहुल गान्धीले आफ्नो उम्मेदवारी दिएका छन् । यसरी उम्मेदवारी दिने अरु दुई राहुल गान्धी हुन्– राहुल गान्धी के.ई. र राहुल गान्धी के. ।

इन्डियन एक्सप्रेसमा राहुल गान्धीको नामसँग मिल्ने यी दुई नामले जो सुकैलाई पनि भ्रममा पार्न सक्ने उल्लेख गरेका छन् । यी दुवै उम्मेदवार वायनाडबाट चुनाव लड्ने भएकाले राहुललाई समस्या पर्न सक्ने पनि इन्डियन एक्सप्रेसमा लेखिएको छ । 

पत्रिकाका अनुसार यी दुवैका परिवार कांग्रेसका पुराना समर्थक पनि हुन् । यी दुई दाजुभाइ पनि हुन् । 





  • प्रकाशित मिति : चैत २३, २०७५ शनिबार १०:४९:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया