सेनेगलमा आइतबार पहिलो चरणको राष्ट्रपतिको निर्वाचन भएको छ । निर्वाचन महानिर्देशनालयको तथ्याङ्कअनुसार लगभग ७.३७ मिलियन मतदाता रहेका छन्, जसमा ७ मिलियनभन्दा बढी स्वदेशी र बाँकी विदेशमा रहेको बताइएको छ ।
सेनेगलको पाँचौं राष्ट्रपति चयन गर्न मतदान भएको हो । सेनेगलका मतदाताले बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म करिब १६ हजार ४ सय ४० मतदान केन्द्रमा मतदान गरेका थिए ।
निर्वाचनका लागि २ हजार ४५७ पर्यवेक्षकलाई मान्यता दिइएको निर्वाचन महानिर्देशनालयले जनाएको छ । सन् २०१२ मा निर्वाचित र २०१९ मा पुनः निर्वाचित भएका निःवर्तमान राष्ट्रपति म्याकी सालको उत्तराधिकारीका लागि १९ जना उम्मेदवारले प्रतिस्पर्धा गरिरहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।