आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल फिल्डिङमा, यस्तो छ प्लेइङ-११
फाइल तस्बिर

आयरल्याण्ड ‘ए’ विरुद्धको टी–२० सिरिजको पहिलो खेलमा नेपालले टस हारेर फिल्डिङको निम्तो पाएको छ । नेपाल र आयरल्याण्ड ‘ए’ बीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको हो ।  

नेपाल एसिसी प्रिमियर कपको तयारीस्वरूप आयरल्याण्ड ‘ए’ सँग सिरिज खेलिरहेको हो । नेपाल र आयरल्याण्ड ‘ए’ ले दोस्रो टी–२० मंगलबार खेल्ने तालिका छ ।

यो सिरिजपछि नेपाली टोली मैत्रीपूर्ण टी–२० श्रृंखला खेल्न भारत जानेछ । त्यहाँ रहँदा नेपालले रणजी ट्रफी क्लब बरोडा र गुजरातसँग खेल्नेछ । 

नेपालको प्लेइङ–११ : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), रोहितकुमार पौडेल (कप्तान), गुलशन झा, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, अविनाश बोहोरा र  ललितनारायण राजवंशी । 





  • प्रकाशित मिति : चैत १२, २०८० साेमबार १२:५७:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया