आयरल्याण्ड ‘ए’ विरुद्ध नेपालको उत्कृष्ट सुरुवात, करणले दोस्रो बलमै लिए विकेट
फाइल तस्बिर

आयरल्याण्ड ‘ए’ विरुद्धको टी–२० सिरिजको पहिलो खेलमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ । नेपालालई उत्कृष्ट सुरुवात दिलाउनेक्रममा तीव्र गतिक बलर करण केसीले पहिलो ओभरको दोस्रो बलमा मार्क एडेयरलाई ४ रनमा बोल्ड गरे । 

नेपालले आजको खेलमा टस हारेर बलिङको निम्तो पाएको हो । नेपाल र आयरल्याण्ड ‘ए’ बीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको हो ।  

नेपाल एसिसी प्रिमियर कपको तयारीस्वरूप आयरल्याण्ड ‘ए’ सँग सिरिज खेलिरहेको हो । नेपाल र आयरल्याण्ड ‘ए’ ले दोस्रो टी–२० मंगलबार खेल्ने तालिका छ ।

यो सिरिजपछि नेपाली टोली मैत्रीपूर्ण टी–२० श्रृंखला खेल्न भारत जानेछ । त्यहाँ रहँदा नेपालले रणजी ट्रफी क्लब बरोडा र गुजरातसँग खेल्नेछ । 

नेपालको प्लेइङ–११ : कुशल भुर्तेल, आशिफ शेख (विकेटकिपर), रोहितकुमार पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा,  ललितनारायण राजवंशी, सोमपाल कामी, करण केसी र अविनाश बोहोरा । 
 





  • प्रकाशित मिति : चैत १२, २०८० साेमबार १३:६:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया