कृषिमा आत्मनिर्भर हुनेगरी बजेट तय हुन्छ : मन्त्री साह

कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहले कृषि क्षेत्रको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे सुझाव दिन सांसदलाई आग्रह गरेकी छन् । 

सोमबार सिंहदरबारमा सांसदसँगको अन्तरक्रिया कार्यक्रममा उनले कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने, युवालाई स्वदेशमै रोजगारीको अवसर सृजना हुने खालको रणनीतिक योजना सरकारले तय गर्न लागेकाले पनि त्यस सम्बन्धमा सांसदले दिएको सुझाव महत्वपूर्ण हुने विश्वास व्यक्त गरिन् ।

उनले भूबनावट अनुसारको योजना तय गरी आयात हुने कृषि उपजलाई प्रतिस्थापन गरी निर्यात व्यापारलाई बढावा दिने काममा सांसदहरूले दिएको सुझाव फलदायी हुने पनि बताइन् । 

मन्त्री साहले छुर्पी, खुवा, अलैंची, कफीको उत्पादन बढाएर निर्यात गर्नका लागि पनि सरकारलाई सुझाव पनि सम्बन्धित सबै पक्षलाई आह्वान गरिन् । उनले सिँचाइका असुविधा भएको ठाउँमा देखिएको समस्या हल गर्ने कुरामा पनि सांसदहरूले दिएको सुझाव सरकारका लागि धेरै उपयोग हुने स्पष्ट पारिन् । 





  • प्रकाशित मिति : चैत १२, २०८० साेमबार १३:११:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया