आयरल्याण्ड ‘ए’ को दोस्रो विकेट पतन, ललितलाई पहिलो सफलता

आयरल्याण्ड ‘ए’ विरुद्धको टी–२० सिरिजको पहिलो खेलमा नेपाललाई दोस्रो सफलता मिलेको छ । टस हारेर बलिङको निम्तो पाएको नेपाललाई दोस्रो सफलता स्पिनर ललितनारायण राजवंशीले दिलाए ।  

उनले चौथो ओभरको अन्तिम बलमा केड कार्माइकललाई ८ रनमा एल्बीडब्लू धरापमा पारे । नेपाललाई पहिलो सफलता करण केसीले दिलाएका थिए । उनले पहिलो ओभरको दोस्रो बलमा मार्क एडेयरलाई ४ रनमा बोल्ड गरे ।

नेपाल र आयरल्याण्ड ‘ए’ बीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको हो ।  नेपाल एसिसी प्रिमियर कप र आइसिसी टी–२० विश्वकपको तयारीस्वरूप आयरल्याण्ड ‘ए’ सँग सिरिज खेलिरहेको हो । यी दुई टिमले दोस्रो टी–२० मंगलबार खेल्ने तालिका छ ।

यो सिरिजपछि नेपाली टोली मैत्रीपूर्ण टी–२० श्रृंखला खेल्न भारत जानेछ । त्यहाँ रहँदा नेपालले रणजी ट्रफी क्लब बरोडा र गुजरातसँग खेल्नेछ । भारत भ्रमण सकाएर नेपाली टिम प्रिमियर कप खेल्ने ओमान जाने तालिका छ । प्रिमियर कप आउँदो १२ अप्रिलदेखि सुरु हुनेछ । 

नेपालको प्लेइङ–११ : कुशल भुर्तेल, आशिफ शेख (विकेटकिपर), रोहितकुमार पौडेल (कप्तान), गुलशन झा, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, ललितनारायण राजवंशी, सोमपाल कामी, करण केसी र अविनाश बोहोरा ।  





  • प्रकाशित मिति : चैत १२, २०८० साेमबार १३:२८:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया