आयरल्याण्ड ‘ए’ लाई छैटौँ झड्का, कुशललाई पहिलो सफलता

आयरल्याण्ड ‘ए’ विरुद्धको टी–२० सिरिजको पहिलो खेलमा नेपाललाई छैटौँ सफलता मिलेको छ । नेपाललाई छैटौँ सफलता पर्टाटाइम बलर कुशल भुर्तेलले दिलाए । उनले १२.१ ओभरमा ओपनर स्टीफन डोहेनीलाई ४६ रनमा क्याच आउट गराए । 

आयरल्याण्डको पाँचौं विकेट अलराउन्डर कुशल मल्लले लिए । उनले १०.२ ओभरमा आयरल्याण्डका स्टार अलराउन्डर ग्यारेथ डेलानीलाई ४ रनमा पवेलियन फर्काए । यस्तै, आयरल्याण्डको चौथो र तेस्रो विकेट युवा अलराउन्डर गुलशन झाले लिए । 

उनले ८.१ ओभरमा आयरल्याण्डका कप्तान निल रकलाई ५ र ६.२ ओभरमा मोर्गन टपिङलाई शून्यमा आउट गरे । आयरल्याण्ड ‘ए’ को दोस्रो विकेट स्पिनर ललितनारायण राजवंशीले लिए । 

उनले चौथो ओभरको अन्तिम बलमा केड कार्माइकललाई ८ रनमा एल्बीडब्लू धरापमा पारे । नेपाललाई पहिलो सफलता करण केसीले दिलाएका थिए । उनले पहिलो ओभरको दोस्रो बलमा मार्क एडेयरलाई ४ रनमा बोल्ड गरे । 

नेपाल र आयरल्याण्ड ‘ए’ बीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको हो ।  नेपाल एसिसी प्रिमियर कप र आइसिसी टी–२० विश्वकपको तयारीस्वरूप आयरल्याण्ड ‘ए’ सँग सिरिज खेलिरहेको हो । यी दुई टिमले दोस्रो टी–२० मंगलबार खेल्ने तालिका छ ।

यो सिरिजपछि नेपाली टोली मैत्रीपूर्ण टी–२० श्रृंखला खेल्न भारत जानेछ । त्यहाँ रहँदा नेपालले रणजी ट्रफी क्लब बरोडा र गुजरातसँग खेल्नेछ । भारत भ्रमण सकाएर नेपाली टिम प्रिमियर कप खेल्ने ओमान जाने तालिका छ । प्रिमियर कप आउँदो १२ अप्रिलदेखि सुरु हुनेछ ।  





  • प्रकाशित मिति : चैत १२, २०८० साेमबार १४:१०:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया