टी–२० सिरिज : नेपालसँग १२१ रनमा समेटियो आयरल्याण्ड ‘ए’

टी–२० सिरिजको पहिलो खेलमा आयरल्याण्ड ‘ए’ ले घरेलु टिम नेपाललाई १ सय २२ रनको लक्ष्य दिएको कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको आयरल्याण्ड ‘ए’ ले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय २१ रन बनायो ।  

उसका लागि ओपनर स्टीफन डोहेनीले ३९ बलमा चार चौका र दुई छक्कासहित सर्वाधिक ४६ रन बनाए । यस्तै, लियाम म्याकार्थी र थोमस मेयसले १६/१६ र फिओन ह्यान्डले ११ रन बनाए । नेपाललाई दुई विकेट रनआउटको रूपमा प्राप्त भयो ।   

नेपालका लागि ललितनारायण राजवंशी, कुशल भुर्तेल र गुलशन झाले दुई/दुई तथा करण केसी र कुशल मल्लले एक/एक विकेट लिए । नेपाल एसिसी प्रिमियर कप र आइसिसी टी–२० विश्वकपको तयारीस्वरूप आयरल्याण्ड ‘ए’ सँग सिरिज खेलिरहेको हो । यी दुई टिमले दोस्रो टी–२० मंगलबार खेल्ने तालिका छ ।

यो सिरिजपछि नेपाली टोली मैत्रीपूर्ण टी–२० श्रृंखला खेल्न भारत जानेछ । त्यहाँ रहँदा नेपालले रणजी ट्रफी क्लब बरोडा र गुजरातसँग खेल्नेछ । भारत भ्रमण सकाएर नेपाली टिम प्रिमियर कप खेल्ने ओमान जाने तालिका छ । प्रिमियर कप आउँदो १२ अप्रिलदेखि सुरु हुनेछ ।  
 





  • प्रकाशित मिति : चैत १२, २०८० साेमबार १४:४१:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया