नेपाललाई आयरल्याण्ड ‘ए’ सँगको टी–२० सिरिज जित्नै मौका
तस्बिर : क्यान

नेपाल र आयरल्याण्ड ‘ए’ टी–२० श्रृंखलाको अन्तिम तथा दोस्रो खेल आज खेल्दै छन् । यी दुई टोलीबीचको खेल पनि दिउँसो १ बजेदेखि कीर्तिपुरस्थित टियू मैदानमा सुरु हुनेछ । नेपाल मंगलबार पनि जित निकाल्दै सिरिज आफ्नो पक्षमा पार्न चाहन्छ ।  

नेपालले पहिलो खेलमा सोमबार आयरल्याण्ड ‘ए’ ६ विकेटले हराएको थियो । उक्त खेलमा आयरल्याण्डले दिएको १ सय २२ रनको लक्ष्य सामान्य लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । नेपाल मंगलबार पनि आफ्नो लय कायमै राख्ने योजनामा छ । दोस्रो खेलमा नेपालले प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गर्ने सम्भावना छ । आज नेपालले आविनाश बोहराको स्थानमा प्रतिश जिसीले मौका पाउने सम्भावना रहेको हो । 

पहिलो खेलमा अविनाशले २ ओभरमा बिनाविकेट १२ रन दिएका थिए । पछिल्लो समय टियू मैदानमा उनले विकेट लिन सकिरहेका छैनन् । त्यसकारण अविनाशले दोस्रो खेलमा विश्राम पाउने सम्भावना रहेको हो । प्लेइङ–११ मा अन्य परिवर्तनको सम्भावना भने कम छ ।  

नेपाली टोली आयरल्याण्ड ‘ए’ सँगको श्रृंखला खेलेपछि भारत प्रस्थान गर्नेछ । त्यहाँ नेपालले रणजी क्लब बरोडा र गुजरातसँग खेल्ने तालिका छ, जसअन्तर्गत नेपालले चैत १८ र २१ गते गुजरात तथा चैत २० र २३ गते बरोडासँग खेल्नेछ । 

भारत भ्रमण सकाएर नेपाली टिम एसिया कप छनोट अर्थात् प्रिमियर कप खेल्न ओमान जानेछ । प्रिमियर कपमा नेपालले १२ अप्रिलमा मलेसिया, १३ अप्रिलमा कतार, १५ अप्रिलमा हङकङ र १७ अप्रिलमा साउदी अरेबियासँग खेल्ने तालिका छ । प्रतियोगिताको उपाधि जित्न सके नेपालले आउँदो वर्ष हुने एसिया कप खेल्न पाउनेछ ।





  • प्रकाशित मिति : चैत १३, २०८० मंगलबार ६:२८:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया