अमेरिकामा चिनियाँ ह्याकरविरुद्ध प्रतिबन्धको घोषणा

अमेरिकी सरकारले चिनियाँ ह्याकरविरुद्ध प्रतिबन्धको घोषणा गरेको छ । बाइडेन प्रशासनले धेरै चिनियाँ ह्याकरलाई अमेरिकी कम्पनी र सरकारी अधिकारीविरुद्ध व्यापक ह्याक गरेको आरोपमा मुद्दा पनि चलाइनेछ ।

अमेरिकाको न्यूयोर्कस्थित संघीय अदालतले सात चिनियाँ नागरिकलाई दोषी ठहर गरेको छ । ती सबैलाई वर्षौंदेखि ह्याकिङ गरेको आरोप लगाइएको थियो । ह्याकरहरूले अमेरिकी लोकतान्त्रिक संस्थाहरूलाई निशाना बनाएको दाबी गरिएको छ । 

ह्याकरहरूले अमेरिकाका केही महत्वपूर्ण पूर्वाधार क्षेत्रहरूलाई लक्षित गरेको भन्दै अमेरिकी ट्रेजरी डिपार्टमेन्टले ती दुई व्यक्तिविरुद्ध प्रतिबन्धको घोषणा गरेको छ ।

अमेरिकाको विदेश मन्त्रालयले यी सातै जनाको बारेमा जानकारी दिने जो कोहीलाई एक करोड डलरसम्म पुरस्कार दिने घोषणा गरेको छ । चिनियाँ सरकारसँग जोडिएका ह्याकरले अमेरिकी अधिकारी, पत्रकार, निगम, प्रजातन्त्र समर्थक कार्यकर्ता र बेलायतको चुनावी निगरानीकर्तालाई लक्षित गरी ठूलो मात्रामा अपरेसन सुरु गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

चिनियाँ सरकारका आलोचकलाई उत्पीडन गर्ने र अमेरिकी कर्पोरेशनहरूबाट डाटा चोर्ने र उच्च तहका राजनीतिक व्यक्तित्वको जासुसी गर्ने उद्देश्यले सन् २०१० मा सुरु भएको थियो । 





  • प्रकाशित मिति : चैत १३, २०८० मंगलबार ८:३२:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया