बुटवल पुगेर बाबुरामले भने– प्रधानमन्त्री नै संघीयताको पक्षमा छैनन्

बुटवल– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली नै संघीयताको पक्षमा नरहेको आरोप लगाएका छन् ।

शनिबार मगर राष्ट्रिय परिषद्को संघीय भेलाको उद्घाटन गर्दै नयाँ शक्ति पार्टीका संयोजक भट्टराईले भने, ‘प्रधानमन्त्री ओली र कांग्रेसका केही नेताहरुले हामीले त संघीयता मानेकै थिएनौँ, तपाईंले के भिराइदिनु भो भन्नुहुन्छ ।’

पहिलो संविधानसभामा कांग्रेस र एमाले पहिचानका आधारमा १० प्रदेश बनाउने सहमतिबाट पछि हटेको भन्दै उनले पहिचानका आधारमा प्रदेशको सीमांकनका लागि सशक्त आन्दोलन गर्नुपर्ने बताए । तत्कालीन कांग्रेस र एमालेसँगै माओवादीले पनि मगर, थारु र गुरुङहरुको पहिचान मेटाउने गरी प्रदेशहरुको सीमांकनमा सहमति जनाएपछि आफूलाई माओवादीप्रति वितृष्णा जागेको उनले जिकिर गरे ।

कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै भट्टराईले पहिचानसहितका प्रदेश स्थापना र संविधान संशोधन लगायतका मुद्दामा नेकपा, कांग्रेस र राप्रपाबाहेकका शक्तिसँग ध्रुवीकरण गर्ने तयारीमा नयाँ शक्ति लागेको बताए ।

आदिवासी जनजाति, दलित, महिलाका अधिकार र भ्रष्टाचारको खिलाफ फेरि एकपटक सशक्त आन्दोलन उठ्ने उनले बताए । 





  • प्रकाशित मिति : चैत २३, २०७५ शनिबार १७:३८:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया