नेपालको पहिलो विकेट पतन, आसिफ शेख ११ रनमा आउट
फाइल तस्बिर

आयरल्याण्ड ‘ए’ विरुद्धको टी–२० सिरिजको दोस्रो तथा अन्तिम खेलमा नेपालले पहिलो विकेट तेस्रो ओभरमा गुमाएको छ । नेपालले पहिलो विकेटको रूपमा आसिफ शेखलाई गुमाएको हो । 

उनी २.५ ओभरमा म्याथ्यू फोस्टरको बलमा ११ रनमा आउट भए । नेपालले आज टस जितेर पहिला ब्याटिङ गरिरहेको हो । नेपालले आज प्लेइङ–११ मा दुई खेलाडी परिवर्तन गरेको छ ।

नेपालले आज दीपेन्द्र सिंह ऐरी र ललितनारायण राजवंशीलाई विश्राम दिएर अनिल साह र विवेकुमार यादवलाई मौका दिएको छ । नेपालले सिरिजमा १–० को अग्रता लिएको छ । 

पहिलो खेलमा नेपालले आयरल्याण्ड ‘ए’ लाई ६ विकेटले हराएको थियो ।  

नेपालको प्लेइङ–११ः आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, अनिल साह, रोहित पौडेल (कप्तान), गुलशन झा, कुशल मल्ल, सन्दीप जोरा, विवेककुमार यादव,  करण केसी, सोमपाल कामी र अविनाश बोहरा ।   

बेन्चः दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, प्रतिश जिसी र आकाश चन्द ।   





  • प्रकाशित मिति : चैत १३, २०८० मंगलबार १३:१३:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया