संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजामा मानवीय सहायताको प्रभावकारी वितरणका लागि मानवीय युद्धविरामको आवश्यक रहेको बताएका छन् ।
जोर्डनका विदेशमन्त्री अयमान सफादीसँग अम्मानमा भएको संयुक्त पत्रकार सम्मेलनमा संयुक्त राष्ट्र प्रमुखले जीवन बचाउने सहायताका सबै अवरोध हटाउने र गाजामा उनीहरूलाई पुर्याउन थप प्रवेश विन्दुहरू खोज्न आफूले जोड दिने बताए ।
इजरायलले अन्तर्राष्ट्रिय वैधानिकताका निर्णयहरू पालना गर्नुपर्ने सफादीले बताए । आफूहरूको आधारभूत माग भनेको लडाइँ रोक्न र घेरामा परेको एन्क्लेभमा मानवीय सहायता पुर्याउनु रहेको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।