नेपालको तेस्रो विकेट पतन, अनिलले पनि खेल्न सकेनन् ठूलो पारी
फाइल तस्बिर

आयरल्याण्ड ‘ए’ विरुद्धको टी–२० सिरिजको अन्तिम खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । नेपालले तेस्रो विकेटको रूपमा अनिल साहलाई गुमाएको हो ।

उनी ६.५ ओभरमा फिओन ह्यान्डको बलमा क्याच आउट भए । अनिलले आज ११ बलमा दुई चौकासहित १२ रन मात्र जोड्न सके । नेपालले दोस्रो विकेटको रूपमा कुशल भुर्तेललाई गुमायो । उनी ४.३ ओभरमा म्याथ्यू फोस्टरको बलमा क्याच आउट भए ।  

कुशलले आज १६ बलमा दुई चौका र दुई छक्कासहित २५ रनको पारी खेले । नेपालले पहिलो विकेटको रूपमा आसिफ शेखलाई गुमायो । उनी २.५ ओभरमा म्याथ्यू फोस्टरको बलमा ११ रनमा आउट भए । नेपालले आज टस जितेर पहिला ब्याटिङ गरिरहेको हो । 

नेपालले आज प्लेइङ–११ मा दुई खेलाडी परिवर्तन गरेको छ । नेपालले आज दीपेन्द्र सिंह ऐरी र ललितनारायण राजवंशीलाई विश्राम दिएर अनिल साह र विवेकुमार यादवलाई मौका दिएको छ । नेपालले सिरिजमा १–० को अग्रता लिएको छ । 

पहिलो खेलमा नेपालले आयरल्याण्ड ‘ए’ लाई ६ विकेटले हराएको थियो ।  
 





  • प्रकाशित मिति : चैत १३, २०८० मंगलबार १३:३२:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया