बागमतीमा अब अनलाइनबाटै पटके बाटो इजाजतपत्रको भुक्तानी बुझाउन सकिने

बागमती प्रदेश सरकारले अनलाइनमार्फत पटके (अस्थायी) बाटो इजाजतपत्र भुक्तानी प्रणाली सुरु गरेको छ ।

मंगलबार भक्तपुरको सल्लाघारीस्थित यातायात व्यवस्था सेवा कार्यालयमा एक कार्यक्रमबीच बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले सो भुक्तानी प्रणालीको शुभारम्भ गरेका हुन् । 

त्यस अवसरमा उनले सेवाग्राहीलाई सुविधा दिन र राजश्व संकलनमा समेत तलमाथि नहोस् भन्ने उद्देश्यका साथ सो सेवा सुरुवात गरिएको बताए । 

मन्त्री लम्सालले सो सेवा सुरुवात गरेर मन्त्रालयले एउटा महत्वपूर्ण काम गरेको उल्लेख गर्दै अरू धेरै सुधारको काम गर्न बाँकी रहेको बताए । कार्यक्रममा भक्तपुर जिल्लाकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले सो अनलाइन सेवाले सुशासनको क्षेत्रमा महत्वपूर्ण काम गर्ने विश्वास व्यक्त गरिन् । 





  • प्रकाशित मिति : चैत १३, २०८० मंगलबार १३:४६:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया