कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउने एमालेकाे कसरत

नेकपा एमालेले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउने कसरत सुरु गरेकाे छ । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काेशीमा संवैधानिक जटिलतालाई चिर्दै एमाले नेतृत्वको सरकार बन्ने दाबी गरेका छन्। 

नेकपा एमालेकाे नवौँ जिल्ला अधिवेशनका क्रममा मंगलबार उदयपुरकाे सदरमुकाम गाईघाट पुगेर पाेखरेलले यस्ताे खुलासा गरेका हुन् । प्रेस चौतारीले आयोजना गरेको पत्रकार भेटघाटमा उनले नयाँ समीकरणसँगै सातवटै प्रदेश सरकारहरु फेरबदल हुने बताए। 

०८४ मा बहुमतको सरकार बनाएर लक्ष्य पूरा गर्ने हेतुले नयाँ समीकरण बनाइएकाे उनकाे दाबी छ । नयाँ गठबन्धन मुलुकको समृद्धिका लागि सकारात्मक सन्देश रहेको उनले बताए। 

तत्कालको परिस्थितिमा वाम गठबन्धन र समाजवादी मोर्चामा सहभागी हुने एमालेको कुनै ठोस योजना र कल्पना नरहेको पोखरेलले बताए। अघिल्लो गठबन्धन एमाले सिध्याउने खेलमा रहेकाले त्यसलाई जसरी पनि तोड्नुपर्छ भनेर लागेकाे र पूरा पनि भएकाे उनले बताए । 





  • प्रकाशित मिति : चैत १३, २०८० मंगलबार १५:२९:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया