दक्षिण लेबनानमा इजरायली हमला : दुईको मृत्यु, तीनजना घाइते

दक्षिणी लेबनानी गाउँहरूलाई लक्षित गरी इजरायली हवाई आक्रमणमा दुई हिजबुल्लाह लडाकूको मृत्यु भएको छ । यस्तै, आक्रमणमा तीनजना सर्वसाधारण घाइते भएका छन् । 

इजरायली आक्रमणले मेस अल–जबलको दक्षिणपूर्वी गाउँमा दुई तले घरलाई निशाना बनाएको थियो । जसमा एक हिजबुल्लाह लडाकूको मृत्यु भएको हो । 

यसैबीच लेबनानी सशस्त्र समूह हिजबुल्लाहले आफ्ना लडाकूले नवगठित लिमान बटालियनको मुख्यालय, बारानीत ब्यारेक, अल-मलिकियाह, जेब्दीन, रुवाइसात अल–आलम, तलेट अल–तैहात, अल–जर्दह र इजरायली क्षेत्रहरूमा आक्रमण गरेको बताएको छ । 

लेबनान–इजरायल सीमामा ८ अक्टोबर २०२३ देखि तनाव छ । हिजबुल्लाह र इजरायलबीचको भिडन्तमा लेबनानी पक्षमा २४१ हिजबुल्लाह सदस्यहरू र ७३ नागरिकसहित ३६७ व्यक्तिको मृत्यु भएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल  





  • प्रकाशित मिति : चैत १४, २०८० बुधबार ९:२४:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया