गृहमन्त्रीलाई सांसद बडूको प्रश्न- सहकारी ठगीमा तपाईंको नाम मात्र मिलेको हो ?
फाइल तस्बिर

नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सहकारी ठगी प्रकरणको निष्पक्ष छानबिन गर्नुपर्ने बताएका छन् ।

राज्य व्यवस्था समितिको बुधबारको बैठकमा सांसद बडूले जनताको करोडौं रुपैयाँ अपचलन भएको भन्दै जतिसुकै पहुँचवाला नेता भएपनि छानबिनको दायरामा आउनुपर्ने बताए ।

उनले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नामसमेत जोडिएको उल्लेख गर्दै यो के हो भन्दै प्रश्न गरे ।

‘छापामा आएअनुसार, केही सहकारीको रकम अन्य प्रयोजनका लागि ग्यालेक्सी टीभीमा १० करोड आउन हुन्थ्यो कि हुँदैनथ्यो । रवि लामिछानेको नाममा पनि त्यो रकम आएको भन्ने छ । नाममात्र मिलेको हो कि के हो ?,’ बडूले प्रश्न गरे ।

उनले सहकारी ठगी प्रकरणको अनुसन्धान नसकिने बेलासम्म गृहमन्त्री लामिछानेले राजीनामा दिनुपर्ने बताए । त्यस्तै, बडूले सुन तस्करी प्रकरणसम्बन्धी छानबिन समितिको रिपोर्टसमेत सार्वजनिक गरिनुपर्ने बताएका छन् ।   





  • प्रकाशित मिति : चैत १४, २०८० बुधबार १३:५१:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया