नेप्सेमा १०.८३ अंकको गिरावट, कारोबार घट्यो

सेयर बजार परिसूचक नेप्सेमा बुधबार दोहोरो अंकको गिरावट आएको छ । मंगलबार १०.१४ अंकले बढेर २०४१.७० विन्दुमा पुगेको नेप्से परिसूचक आज १०.८३ अंकले घटेर २०३०.८६ विन्दुमा रह्यो ।

सोमबार दोहोरो अंकको गिरावट आएको बजारमा मंगलबार सूचकमा सुधार भए पनि कारोबार रकम बढ्न सकेको थिएन । बुधबार अझ घटेको छ । कारोबार रकम २ अर्ब २३ करोड ५४ लाख रुपैयाँमा सीमित भएको छ । यो हिजोका तुलनामा १२ करोडले घटेको हो । 

१३ उपसमूहमा उत्पादन तथा प्रशोधनबाहेक सबै घट्दा उपसमूहसँगै कारोबार घटेको हो । व्यापार उपसमूह सर्वाधिक १.६० प्रतिशतले घटेको छ । 

आज ५१ कम्पनीका सेयरमूल्य बढेको छ भने १८८ कम्पनीको घटेको छ । ६ कम्पनीको सेयरमूल्य स्थिर रह्यो ।  

सर्वोत्तम सिमेन्टका सेयरमा छैटौं दिन पोजेटिभ सर्किट लागेको छ । बुक बिल्डिङबाट सेयर जारी गरेको उक्त कम्पनीको सेयर प्रति कित्ता ९८४ रुपैयाँ पुगेको छ । 

ाज सर्वाधिक कारोबार हुनेमा शिवम् सिमेन्ट छ । उक्त कम्पनीको ९ करोड ७२ लाखको सेयर किनबेच भएको छ । यस्तै जोशी हाइड्रोपावरको ८ करोड ३२ लाख र सोनापुर मिनरल्सको ७ करोड ३३ लाखको सेयर कारोबार भएको छ । 

सेयरमूल्य घटेकाको सूचीमा लघुवित्तहरु अगाडि छन् । सर्वाधिक घट्नेमा कालिका लघुवित्त पहिलो नम्बरमा छ । सृजनशील, उन्नति सहकार्य लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स र नेपाल रिपब्लिक मिडियाको सेयरमूल्य घटेका छन् । 





  • प्रकाशित मिति : चैत १४, २०८० बुधबार १५:४७:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया