फेरि फर्कियाे काेराेना : उपत्यकामा १२ जनामा पुष्टि

काठमाडौं उपत्यकामा १२ जनामा कोरोना पुष्टि भएको छ। उपचारका लागि त्रिवि शिक्षण अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेका बिरामीको जाँच गर्दा उनीहरूमा कोरोना पुष्टि भएको हो।

सुरुमा मौसमी फ्लु भनी अनुमान गरिए पनि परीक्षणका क्रममा ती बिरामीमा काेभिड १९ पुष्टि भएको हाे। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले मंगलबारसम्म आठजनामा कोभिड १९ पुष्टि भएको जनाएकाे छ । 

जसमध्ये दुईजना डिस्चार्ज भएका छन्। संक्रमित ६ जनाको उपचार भइरहेको शुक्रराज ट्रपिकल अस्पतालले जनाएकाे छ । कोरोनाका बिरामी भए पनि यो कोरोनाभाइरसको पुरानै भेरियन्ट हो वा नयाँ भन्ने यकिन भएकाे छैन । 

यस्तै त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा सोमबार परीक्षण गरिएका नौवटा नमुनामध्ये चारवटामा कोभिड संक्रमण पाइएको हो।





  • प्रकाशित मिति : चैत १४, २०८० बुधबार १७:२६:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया