मुगुमा जिप दुर्घटना : दुईको मृत्यु, चार घाइते

मुगुमा बोलेरो जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । सदरमुकाम गमगढीबाट सोरु गाउँपालिकाको सोरुकोटतर्फ जाँदै गरेको जिप कच्यागाउँ नजिकै दुर्घटना भएकाे हाे । 

कर्णाली प्रादेश ०२–००१ ज ००५९ नम्बरको सो जिप सोरु–६ कक्छेगाउँ नजिक रहेको चार मोड भन्ने ठाउँको सडकबाट अन्दाजी एक सय मिटर बढी तल खसेको जनाइएको छ । दुर्घटनामा चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको र अन्य चारजना घाइते भएका जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । 

प्रहरीका अनुसार मृत्यु हुनेमा जिपचालक कविराज नेपाली र पहिचान नखुलेका  एक महिला छन् । घाइते हुनेमा मन्जने नेपाली, सर्जन नेपाली, हीरादिङ नेपाली र प्रेम नेपाली रहेकाे उनले बताए । घाइते मन्जनेको अवस्था चिन्ताजनक रहेको बताइएको छ । 

प्रनाउ थापाले घाइतेलाई उद्धार गरी उपचारार्थ मुगु जिल्ला अस्पतालतर्फ ल्याइँदै  गरेकोे जानकारी दिप । 





  • प्रकाशित मिति : चैत १४, २०८० बुधबार १९:१४:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया