नेपाल ‘ए’ र आयरल्याण्ड ‘ए’ बीचको सिरिज आजदेखि, पहिलो खेलमा वर्षा बाधक बन्ने सम्भावना
फाइल तस्बिर

नेपाल ‘ए’ र टेस्ट राष्ट्र आयरल्याण्डको ‘ए’ टिमको टी–२० सिरिज आजदेखि सुरु हुँदैछ  । सिरिजको पहिलो खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो १ बजेदेखि सुरु हुने तालिका छ ।

यद्यपि पहिलो खेलमा वर्षा बाधक बन्ने सम्भावना छ । काठमाडौंमा आज बिहानैदेखि हल्का वर्षाको सम्भावना छ । यदि मौसमले साथ दिएमा तीन खेलको सिरिजमा नेपाल ‘ए’ जित हात पार्दै अग्रता लिन चाहन्छ ।

उता पाहना टिम आयरल्याण्ड सिनियर टोलीसँगको हारको बदला ‘ए’ टिमविरुद्ध लिने दाउमा छ । उसले नेपालसँगको दुई खेलको सिरिजमा सन्तोषजनक प्रदर्शन गर्न सकेको थिएन । 

उक्त श्रृंखलामा आयरल्याण्ड ‘ए’ पहिलो खेलमा १२१ तथा दोस्रो टी–२० मा १२७ रनमै अलआउट भयो । खराब ब्याटिङकै कारण उसले पहिलो खेलमा ६ विकेट र दोस्रो म्याचमा ७३ रनको हार बेहोर्‍यो ।

आयरल्याण्ड ‘ए’ नेपाल ‘ए’ सँगको श्रृंखलामा भने उत्कृष्ट प्रदर्शन गर्ने सोचमा छ । यी दुई टिमले दोस्रो टी–२० शुक्रबार र तेस्रो म्याच आइतबार खेल्ने तालिका छ ।  





  • प्रकाशित मिति : चैत १५, २०८० बिहीबार ७:१२:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया