नेपाल ‘ए’ र आयरल्याण्ड ‘ए’ बीचको पहिलो खेल वर्षाले प्रभावित

नेपाल ‘ए’ र आयरल्याण्ड ‘ए’ बीचको पहिलो टी–२० वर्षाका कारण रद्द भएको छ । 

यी दुई टोलीले दिउँसो १ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा खेल हुने तालिका थियो । तर, पानीले मैदान भिजेकाले आजको खेल टससमेत हुन नपाइ रद्द भएको हो । 

पहिलो खेल रद्द भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले फेरि नयाँ तालिका सार्वजनिक गर्ने तयारी गरेको । पूर्वनिर्धारित तालिकाअनुसार शृङ्खलाअन्तर्गत नेपाल ‘ए’ र आयरल्याण्ड ‘ए’ ले दोस्रो खेल भोलि (शुक्रबार) खेल्ने तालिका छ ।  





  • प्रकाशित मिति : चैत १५, २०८० बिहीबार १३:१२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया