कोभिड निगरानीका लागि डब्लुएचओले सुरु गर्‍यो विश्वव्यापी सञ्जाल

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल कोरोना भाइरस–१९ को खोज, अनुगमन र मूल्याङ्कनका लागि नयाँ सञ्जाल, कोभिनेट सुरु गरेको छ । 

विश्वव्यापी स्वास्थ्य संस्था डब्लुएचओले प्रयोगमा ल्याइरहेको कोभिड–१९ प्रयोगशालालाई सञ्जालमा जोडेको हो । सुरुवाती चरणमा, कोभिड–१९ महामारी फैल्याउन सहयोगी रहेको सार्स–कोभ–२ मा केन्द्रित यस नेटवर्कले अब मर्स–कोभ र अन्य सम्भाव्य नयाँ प्रजातिका कोरोना भाइरससमेतका भाइरसमा ध्यान केन्द्रित गर्नेछ । 

कोभिनेटले मानव, पशु र वातावरणीय कोरोना भाइरस निगरानीमा विशेषज्ञता भएका विश्वव्यापी प्रयोगशालाको सञ्जालका रूपमा कार्य गर्नेछ । हाल डब्लुएचओका सबै छ क्षेत्रअन्तर्गतका २१ वटा देशका ३६ वटा प्रयोगशालालाई नेटवर्कमा समावेश गरिएको छ । 

कोरोना भाइरससँग सम्बन्धित स्वास्थ्य चुनौतीको प्रारम्भिक पहिचान, जोखिम मूल्याङ्कन र प्रतिक्रियामा डब्लुएचओका सदस्य राष्ट्रको तयारी बढाउने उद्देश्यले २०२४/२०२५ का लागि कार्ययोजनालाई अन्तिम रूप दिन प्रयोगशालाका प्रतिनिधि मङ्गलबार र बुधबार जेनेभामा भेला भएका थिए ।

कोरोना भाइरसको नयाँ विश्वव्यापी सञ्जालले जनस्वास्थ्यका लागि महत्वपूर्ण कोरोना भाइरसको समयमै पहिचान, अनुगमन र मूल्याङ्कन सुनिश्चित गर्ने डब्लुएचओको महामारी पूर्वतयारी तथा रोकथाम विभागका कार्यवाहक निर्देशक मारिया भान केरखोभले बताएका छन् ।





  • प्रकाशित मिति : चैत १५, २०८० बिहीबार १४:१९:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया